बारा र तनँहुका सीडीओ परिर्वतन

  Sampatti News

September 13, 2021

काठमाडौं । गृहमन्त्रालयले दुई सीडीओको सरुवा गरेको छ । बारा र तनँहुका सिडिओलाई गृहमन्त्रालयमा जगेडामा तान्दै दुवै जिल्लामा नयाँ सीडीओ गृहले सोमवार पठाएको हो ।

जसअनुसार तनहुँमा विश्व अर्याल र बारामा कृष्णबहादुर कटवाल नयाँ सिडियो बनेका छन् । अर्याल विपद् प्राधिकरण र कटवाल सुनसरी कारागार झुम्कामा थिए ।

यसअघि तनहुँमा सीडीओ रहेका सागर आचार्य र बारामा सिडिओ रहेका सुरेन्द्र पौडेललाई मन्त्रालयमा जगेडामा तानिएको छ ।

अर्याललाई कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा तनँहु सीडीओ बनाएर पठाइएको गृह स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति:September 13, 2021