नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

Nepal Cover
७ आश्विन २०७८, बिहीबार
image

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए ।

प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

दोस्रो चरणमा गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो ।

नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

दुई खेलमा नेपाले एक अङ्क मात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो ।