ललितपुरमा नयाँ सिडिओ काम बुझ्न ‘छड्के भ्रमणमा’

  Sampatti News

September 23, 2021

ललितपुर । ललितपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा सरुवा भएका घनश्याम उपाध्यायले यस अघिका सिडिओ ढुण्डिराज निरौलासँग भेटघाट गर्दै ललितपुरको बारेमा सक्षिप्त जानकारी लिएका छन् ।

ललितपुरको सिडिओबाट गृहमन्त्रालयमा तानियका निरौलासँग सोमबारबाट सोही कुर्सी सम्हाल्न लागेका नव नियुक्त सिडिओ उपाध्यायले भेटघाट गरेर जानकारी लिएका हुन् ।

सिडिओमा काज सरुवा भएका घनश्याम उपाध्यायले सोमबारबाट कुर्सी सम्हाल्ने भएका छन् ।

प्रजिअ उपाध्यायले आज जिल्ला प्रशासन कार्यालय पुगेर अवलोकन गरेका हुन्।

ललितपुरमा नयाँ सरुवा भएका प्रजिअ उपाध्यायको यो अवलोकनलाई कर्मचारीहरुले ‘छड्के भ्रमण’ को रुपमा लिएका छन् ।

गृह मन्त्रालयबाट दिउँसो १ बजेर ४० मिनेटमा जिल्ला प्रशासन कार्यालय प्रवेश गरेका उपाध्याय ३ बजेर ४५ मिनेटतिर बाहिरिएका थिए ।

सिडिओ उपाध्यायले गृह मन्त्रालय सरुवा भएका ढुण्डिराज निरौलासँग भेटघाट गर्दै ललितपुरको बारेमा सक्षिप्त जानकारी लिए ।

साथै, प्रशासनका वरिष्ठ कर्मचारीहरुसँग अनौपचारिक परिचयसमेत गरे ।

प्रजिअ उपाध्यायले औपचारिक जिम्मेवारी भने सोमबारदेखि शुरु गरिने बताइएको छ।

प्रशासन क्षेत्रमा कुशल प्रशासकको छबि बनाएका उपाध्यायको ललितपुरको जिम्मेवारीसङै ललितपुरमा सुशासनले गतिलिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:September 23, 2021