टिचिङमा उपचाररत पत्रकार नेपाललाई आर्थिक सहयोग प्रदान

नेपाल पत्रकार महासंघका सचिब चौलागाईले दिए सकृय पत्रकारिता पुरस्कार बापत पाएको रकम नेपाललाई

  Sampatti News

September 24, 2021

काठमाडौँ । लामो समय टिचिङ अस्पतालमा उपचाररत समाजवादी संगठनका सकृय पत्रकार बालकुमार नेपाललाई उपचारकानिम्ति समाजवादी प्रेस सगठनले आर्थिक सहयोग गरेको छ ।

संगठनको तर्फबाट सम्योजक शम्भु श्रेष्ठले पचास हजार रकम अस्पतालमा पुगि हस्तान्तरण गरेका हुन् ।

साथै नेपाल पत्रकार महासघका सचिब गोबिन्दप्रसाद चौलागाईंले सोही समय प्रेस काउन्सिले सकृय पत्रकारिता पुरस्कार स्वरुप आफुले पाएको रकम सम्योजक श्रेष्ठ मार्फत नै बिरामी पत्रकार नेपाललाई हस्तान्तरण गराएका छन् ।

महासंघका केन्द्रीय सचिव तथा रौतहट टाइम्स साप्ताहिका सम्पादक चौलागाईंले प्रेस काउन्सिलको ५२ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीमार्फत ग्रहण गरेको प्रेस काउसिल सकृय पत्रकारिता पुरस्कार’ बापतको रकम नेपाललाई दिएका हुन् ।

कलेजोको गम्भीर बिरामी भै थलिएका पत्रकार नेपाल बाइसदिन देखी शिक्षण अस्पताल महाराजगन्जको आइसिसियुको तेह्र नम्बर बेडमा उपचाररत छ्न।

बिशुद्द व्यावसायिक पत्रकारिता गर्ने पत्रकार नेपालको उपचार खर्चका निम्ति कठिन हुँदै गएको सूचना पाए लगतै सम्योजक श्रेष्ठ, सचिब चौलागाईं, संगठनका नेताहरू प्रकाश खतिवडा, भवानी कार्की आशिष् गुरागाइ लगायतको टिम अस्पताल पुगि उनको स्वास्थ्य अवस्था बुझी सहयोग गरेका हुन्।

विहीबार मात्रै प्रेस काउन्सिल नेपालको वार्षिकोत्सबको अवसरमा राष्ट्रपति बिद्यादेबि भण्डारी र नेपाल सरकारका प्रवक्ता तथा मन्त्री ज्ञानेद्रबहादुर कार्कीले सयुक्त रूपमा चौलागाईं, भारतदत्त कोइराला, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद खनाल प्रतिक लगायतलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति:September 24, 2021