समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिदै
काठमाडौं-नेपालभरको गैर सरकारी संस्थाको नियामक निकाय समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिने भएका छन्।
शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी राजीनामाबारे जानकारी दिने परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिएका छन्।
सदस्य सचिव खातीले परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिने निर्णय गरेको बताए ।
राजीनामा दिनुका कारण र आफ्नो कार्यकालमा गरेका कामबारे पत्रकार सम्मेलनमा जानकारी दिने उनले बताए ।
समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिदै