इजरायल अन्तर्वार्तामा छुटेकाले परीक्षामा सहभागी हुन पाउने

  Sampatti News

September 24, 2021

इजरायल अन्तर्वार्तामा छुटेकाले परीक्षामा सहभागी हुन पाउने

काठमाडौं-रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तर्वार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तर्वार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आज बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले र वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले सो जानकारी दिनुभएको हो ।

विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

विभागले यही असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वार्ता अवधिभरलाई अवसर दिइएको छ ।

छुटेका परीक्षार्थी आजसम्म आवेदन लिएर शनिबारसम्म अन्तर्वार्तामा सहभागी हुन पाउने भएका हुन ।

विभागका महानिर्देशक काफ्लेका अनुसार,कुनै कारण विशेषले छुटेकालाई पुनःआवेदन दिएर सहभागी गराइनेछ ।

इजरायल अन्तर्वार्तामा छुटेकाले परीक्षामा सहभागी हुन पाउने

प्रकाशित मिति:September 24, 2021