उद्योग परिसंघद्वारा दुई नयाँ समिति गठन

  Sampatti News

September 25, 2021

नेपाल उद्योग परिसंघले दुई नयाँ समिति गठन गरेको छ ।नेपाल उद्योग परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन गरेको छ । परिसंघका राष्ट्रिय परिषद सदस्य आशिष गर्गको सभापतित्वमा वीरेन्द्रराज पाण्डे कोअर्डिनेटिङ उपाध्यक्ष रहने गरी पूर्वाधार समिति गठन गरेको हो ।

नेपालमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि समितिले सरोकारवाला निकायसँग मिलेर काम गर्ने बताइएको छ । साथै समितिले आवश्यक नेपालको पूर्वाधार विकासको क्षेत्रको पैरवी पनि गर्नेछ ।

समितिको सदस्यहरूमा मनिष खेमका, निकोलश पाण्डे, रामकृष्ण खतिवडा, सुधीर मित्तल, अमुन थापा, आनन्द सुवेदी, अनुप उप्रेती, कमल पाण्डे, वर्षा श्रेष्ठ, वसन्तबहादुर चन्द, विद्यावारिधि सिग्देल, गणेश कार्की, गुरुप्रसाद न्यौपाने, र ताराप्रसाद पौडेल छन् ।

यसैगरी परिसंघले प्रदेश र जिल्लाहरूमा आफ्नो उपस्थिति बलियो बनाउने र प्रदेश एवं जिल्ला उद्योग परिसंघको भूमिका सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय परिषद सदस्य लक्ष्मीप्रसाद सुवेदीको नेतृत्वमा प्रदेश एवं जिल्ला समन्वय समिति गठन गरेको छ ।

परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी समितिको कोअर्डिनेटिङ उपाध्यक्ष छन् । समितिको सहसभापितमा एजाज आलम रहेका छन् । समितिले प्रदेश एवं जिल्ला तहमा नीतिगत छलफल एवं अन्तरक्रिया गर्ने, प्रदेशहरूमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि कानुन तर्जुमामा पहल गर्ने बताइएको छ ।

समितिको सदस्यहरूमा भीम घिमिरे, नरेश दास, ऋषिराम घिमिरे, विनोदकुमार न्यौपाने, पूर्णप्रसाद आचार्य, हेमविक्रम थापा, ताराप्रसाद पौडेल, सुरजभक्त पौडेल, भेषराज दुवाडी, बाबुराम बोहरा, राजु पौडेल, लेखराज पोखरेल, सुरेशबहादुर श्रेष्ठ र कृष्णप्रसाद शर्मा छन् ।

प्रकाशित मिति:September 25, 2021