ज्ञानेन्द्र शाहले गरे जीवित कुमारीको पूजाअर्चना

  Sampatti News

September 25, 2021

ज्ञानेन्द्र शाहले गरे जीवित कुमारीको पूजाअर्चना

काठमाडौँ-पूर्वराजा ज्ञानेन्द्र शाहले इन्द्रजात्राको अन्तिम दिन काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको कुमारीघरमा पुगी जीवित कुमारीको पूजाअर्चना गरेका छन्।

उनी शुक्रबार अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीको पूजा गरेर फर्केपछि कुमारीघर पुगेकी थिए।

यसअघि पूर्वराजाका तर्फबाट तयार गरेको प्रसाद इन्द्रजात्राको पूजामा पुर्‍याइएको थियो।

राति अबेर पूर्वराजा वसन्तपुर दरबार क्षेत्र पुग्दा सयौँ मानिसहरुले उनको स्वागत गरेका थिए।

इन्द्रजात्राको अन्तिम दिन शुक्रबार महिलाहरुले रथ तानेका छन्।

शुक्रबारबाट इन्द्रजात्रा बिधिवत रुपमा समापन भएको छ।

राति १०ः३६ बजेको साइतमा इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरिएको हो।

काठमाडौँको हनुमान ढोकामा इन्द्रध्वजा ठड्याएर सुरु गरिएको इन्द्रजात्रा इन्द्रध्वजा ढालेर समापन गर्न लागिएको हो। इन्द्रध्वजालाई टेकुमा सेलाउने परम्परा रहेको छ।

ज्ञानेन्द्र शाहले गरे जीवित कुमारीको पूजाअर्चना

प्रकाशित मिति:September 25, 2021