दशैंका लागी उपत्यका छोड्न थाले सर्वसाधारण: यस्तो छ नयाँ भाडादर
काठमाडौं-दशैं मनाउनका लागी काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढन थालेको छ ।
हिजोबाट कक्षा १२ को परिक्षा सकिएसँगै उपत्यमा छाड्ने विद्यार्थीको संख्या बढन थालेको हो ।
विद्यार्थीसँगै मजदूरहरु राजधानी छोडेर गाउँ फर्किन थालेका छन्।
ढिलो जाँदा भीडभाड हुने तथा सवारीमा कठिन यात्रा गर्नु पर्ने सम्भाब्यता तथा कोरोना संक्रमणको डरका कारण पनि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढन थालेको हो ।
सोमबारदेखि लामो दूरी चल्ने सवारीसाधनको यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ।
यो संगै यात्रुहरुले लामो दूरी चल्ने सवारीसाधनका लागि सोमबारदेखि अग्रीम टिकट काट्न पाउनेछन्।
दशैंका लागी उपत्यका छोड्न थाले सर्वसाधारण: यस्तो छ नयाँ भाडादर