न्याय सेवा आयोगद्वारा २ सय ७५ कर्मचारीहरूको सरुवा: २ सय ३६ जनाको पदस्थापन

  Sampatti News

September 25, 2021

न्याय सेवा आयोगद्वारा २ सय ७५ कर्मचारीहरूको सरुवा: २ सय ३६ जनाको पदस्थापन

काठमाडौँ-न्याय सेवा आयोगको शुक्रवार बसेको बैठकले २ सय ७५ कर्मचारीहरूको एकै पटक सरुवा गरेको छ । साथै बैठकले २ सय ३६ जनाको पदस्थापन गरेको छ ।

आयोगको बैठकले न्याय सेवामा कार्यरत २ सय ७५ कर्मचारीहरूको न्याय सेवा आयोगको शुक्रवार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायतको सरुवा गरेको हो ।

कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना सरुवा भएका छन् । यसै गरी सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना, न्याय समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका ९ जना, कानुन समूह राजपत्राङ्कित द्वितीय श्रेणीका १ जना सरुवा भएका छन् ।

राजपत्राङ्कित द्वितीय श्रेणीकै सरकारी वकिलहरू ५५ जना, न्याय समूह राजपत्राङ्कित तृतीय श्रेणीका १०३ जना, कानुन समूहकै राजपत्राङ्कित तृतीय श्रेणीका ३४ जना र तृतीय श्रेणीकै सरकारी वकिल ५८ जना सरुवा भएका छन् ।

सरुवाको बिवरण

न्याय सेवा आयोगद्वारा २ सय ७५ कर्मचारीहरूको सरुवा: २ सय ३६ जनाको पदस्थापन

प्रकाशित मिति:September 25, 2021