इजरायल जान इच्छुक ६ हजार ३१७ जनामध्य जम्मा १ हजार ६ सय जना सिफारिसमा

  Sampatti News

September 26, 2021

इजरायल जान इच्छुक ६ हजार ३१७ जनामध्य जम्मा १ हजार ६ सय जना सिफारिसमा

काठमाडौं-सरकारले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम सार्वजनिक गरेको छ ।

आइतबार बिहान वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय छ ।

१६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले एक हजार ४ सय जना कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए ।

इजरायल जान इच्छुक ६ हजार ३१७ जनामध्य जम्मा १ हजार ६ सय जना सिफारिसमा

सिफारिसको सुची

प्रकाशित मिति:September 26, 2021