कपनमा ढलमा बेपत्ता भएका बालकको शव ललितपुरको घुसेलमा

  Sampatti News

September 26, 2021

कपनमा ढलमा बेपत्ता भएका बालकको शव ललितपुरको घुसेलमा

काठमाडौं-गत हप्ता ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

काठमाडौंको कपनमा गत हप्ता ढलमा खसेर बेपत्ता भएका थिए ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका-१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् ।

‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ’ उनले भनिन्, ‘टिकाभैरवसम्म बोकेर ल्याउँदैछन्, त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिनेछ ।’

गत मंगलबार राति कपनस्थित ढलमा १० वर्षीय उज्जवल विक खसेका थिए ।

कपनमा ढलमा बेपत्ता भएका बालकको शव ललितपुरको घुसेलमा

प्रकाशित मिति:September 26, 2021