तरलता अभाव: बजारमा राष्ट्र बैंकले आज ३० अर्ब पठाउदै

  Sampatti News

September 26, 2021

तरलता अभाव: बजारमा राष्ट्र बैंकले आज ३० अर्ब पठाउदै

काठमाडौँ-अहिले नेपाली बजारमा चरम तरलता अभाव श्रृजना भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ बजारमा छोड्ने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि केन्द्रीय बैंकले हरेक साता रिपोको माध्यमबाट बजारमा पैसा पठाउँदै आएको छ ।

गत दुई साता दुई हप्ताको लागि पैसा पठाएको केन्द्रीय बैंकले आजको रिपो बोलकबोलबाट भने एक हप्ताको लागि मात्र पठाउन लागेको हो ।

७ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो।

यस उपकरणको निष्काशनका दिन बोलकबोलमा सफल बोलकर्ताको केन्द्रीय बैंकमा रहेको खातामा बाँडफाँड अनुसारको रकम राष्ट्र बैंकले जम्मा गर्दछ।

तरलता अभावका कारण हरेक दिनजसो एसएलएफ (स्थायी तरलता) को प्रयोग गरिरहेको बैंकहरुले बुधबार पनि १२ पटक गरेर २८ अर्ब ३४ करोड रुपैयाँ प्रयोग गरेका छन्।

बैंकहरुले चालु आवमा मात्रै ४ खर्ब १० अर्ब ५६ करोड रुपैयाँ बराबरको एसएलएफको प्रयोग गरेका छन्।

तरलता अभाव: बजारमा राष्ट्र बैंकले आज ३० अर्ब पठाउदै

प्रकाशित मिति:September 26, 2021