बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना
काठमाडौँ-बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् ।
मुटुमा समस्या देखिएपछि उनी असोज ४ गते गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।
विगत ५ दिन गंगालालमा उपचार गराइरहेका उनको मस्तिष्कको नाशामा रगत जमेपछि थप उपचारका लागि शनिबार उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।
न्यूरोमा २४ घण्टा उपचारपछि प्रमुख शर्माको स्वास्थ्य अवस्था केही सुधार आएसँगै उपचारमा संलग्न डाक्टरको सल्लाह अनुसार आइतबार बिहान उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सारिएको स्वकीय उप–सचिव पारसमणि फुयालले जानकारी दिएका छन् ।
शनिबार दिनभर जसो प्रदेश प्रमुख शर्माको मुटुको चालमा कमी आई स्वास्थ्य अवस्था जटिल बनेको थियो ।
अहिले भने उनको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको फुयालले बताएका छन् ।
प्रदेश प्रमुख शर्माको उपचारमा डा।सूर्य देवकोटाको नेतृत्वमा चिकित्सकहरु खटिएका छन् ।
उनी विगत ७ वर्षदेखि मुटु सम्बन्धी समस्याबाट पीडित छन् ।