दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुल्ला
काठमाडौं-आजदेखि उपत्यकाबाट दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुलेको छ।
सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद सरोज सिटौलाले जानकारी दिएका छन् ।
बसको अग्रिम टिकट बुकिङ खुलेसँगै बसपार्कमा टिकट लिनेहरूको भिड बढेको छ।
टिकट लिन गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘टिकट काउन्टर’ थप गरिएको छ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ ‘टिकट काउन्टर’ थप गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।
उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ।
दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुल्ला