कृषि मन्त्रालयद्वारा प्रदेश सरकारसँग प्रि – बजेट समन्वय छलफल सुरु

  Sampatti News

March 8, 2020

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व प्रदेश सरकारहरुसँग छलफल थालेको छ ।

मन्त्रालयले जनाएअनुसार सातै वटा प्रदेश सरकारसँग एकीकृत नीति तथा कार्यक्रम तय गरी बजेट बनाउन आइतबारदेखि छलफल सुरु गरिएको हो ।

संघ र प्रदेश सरकारबीच योजनामा समन्वय नहुँदा कृषि क्षेत्रका समस्या थाती रहेको विगतको अनुभव पछि एकीकृत योजना तय गर्न दुई दिने छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

दुई दिनसम्म चल्ने छलफलमा सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सचिवको सहभागीता रहेको बताइएको छ ।

प्रकाशित मिति:March 8, 2020