बानेश्वरमा अर्ध नग्न अवस्थामा महिलाको शव भेटियो

Nepal Cover
१४ आश्विन २०७८, बिहीबार
image

काठमाडौं-काठमाडौंको नयाँ बानेश्वरमा अर्ध नग्न अवस्थामा महिलाको शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको हाे ।

शव अर्ध नग्न अवस्थामा रहेकाे प्रहरीले बताएकाे छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ ।

महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेका छन् ।