साहस उर्जा आईपीओको प्रि अलटमेन्ट सम्पन्न ६ लाख ४४ हजारले पाउने भए १० कित्ता

  Sampatti News

October 1, 2021

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) प्रि अलटमेन्ट आज शुक्रबार सम्पन्न भएको छ ।

प्रि अलटमेन्ट अनुसार २४ लाख ६२ हजारले ३ करोड ४३ लाख कित्तामाग गर्दै दिएको आवेदनबाट ६ लाख ४४ हजारले १० कित्ता शेयर पाउने भएका छन् ।

कम्पनीले आईपिओ बाँडफाँड आइतबार गर्ने भएको छ ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपिओ बाँडफाँड असोज १७ गते आईतबार बिक्रि प्रबन्धकको कार्यालय लाजिम्पाट काठमांडौमा बिहान ९ बजे हुनेछ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५.६२ गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।

प्रकाशित मिति:October 1, 2021