नेपाली गलैँचालाई थप प्राथमिकतामा राख्नुपर्ने माग

Nepal Cover
१६ आश्विन २०७८, शनिबार
image

नेपालमा उत्पादन भएर निर्यात हुने गलैँचामा ७० प्रतिशत ‘भ्यालु एड’ हुने नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघले बताएको छ ।

संघको चौथो वार्षिक साधारण सभामा अध्यक्ष रामबहादुर गुरुङले गलैँचामा ७० प्रतिशत ‘भ्यालु एड’ हुने गरेको बताए ।

उनले भने, ‘तर, राज्यले गलैँचा निकासीमा जम्मा ५ प्रतिशत नगद अनुदान दिन्छ । यो, ३० प्रतिशत भ्यालु एड गर्ने कम्पनी सरह हो ।’

सरकारले नेपालबाट निकासी हुने सबै प्रकारका वस्तुमा ५ प्रतिशत नगद अनुदान दिँदै आएको छ ।

नगद अनुदान सम्बन्धी कार्यविधि, २०७५ अनुसार निर्यातकर्ताले उक्त अनुदान पाउँछन् ।

२०७५ भन्दा अगाडिसम्म जम्मा ३ प्रतिशत नगद अनुदान थियो ।

संघले नेपाली गलैँचालाई मूल्य अभिवृद्धिका आधारमा थप प्राथमिकतामा राख्नुपर्ने माग सरकार समक्ष राखेको छ ।