March 10, 2020
काठमाडौं । पछिल्लो समय सुनको मूल्य उकालो लागेको छ । मंगलबार सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै, तेजाबी सुन मूल्य ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। सोमबारको तुलनामा १० रुपैयाँ घटेको हो। आज चाँदी प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति:March 10, 2020
April 7, 2025
April 7, 2025