नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ : गगन थापा

  Sampatti News

October 2, 2021

नेपाली काँग्रेसमा नेता गगन थापाले नागरिकहरुलाई टुटेको मन जोड्ने काँग्रेस चाहिएको बताएका छन् ।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले नागरिकको बीचमा गएर भरोसा जगाउन ​सक्ने नेतृत्व आवश्यक रहेको थापाले बताएका छन् ।

थापाले काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् ।

उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ ।’

काँग्रेस अहिलेको यथास्थितीवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ । ‘आज जसरी चलेको छ यसले यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन’ उनले भने ।

थापाले काँग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको बताए । तहगत अधिवेशनले काँग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो ।

आगामी तीन तहको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिस्ट र मधेसवादी दल मिले पनि काँग्रेस पहिलो पार्टी बन्ने गरि काम गर्न थापाको आग्रह छ ।

‘काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिस्ट, मधेसवादी मिले भने पनि काँग्रेसले जित्ने गरी काम गर्नुपर्छ । हामीले पाँच वर्ष सरकार चलाउनका लागि एकलै बहुमत ल्याउनुपर्छ’ थापाले भने ।

प्रकाशित मिति:October 2, 2021