October 3, 2021
साहस उर्जाको आईपीओ ६ लाख ४४ हजार जनाको भाग्य चम्कियो
साहस उर्जाको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
गोलाप्रथा मार्फत भएको आईपीओ बाँडफाँडमा ६ लाख ४४ हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
साहस उर्जाले सोज ६ देखि १० गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो ।
आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाको आवेदन परेको थियो ।
जसमध्येबाट २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्रै आवेदन स्वीकृत भएको थियो ।
साहस उर्जाको आईपीओ ६ लाख ४४ हजार जनाको भाग्य चम्कियो
प्रकाशित मिति:October 3, 2021
November 24, 2024