साल्ट ट्रेडिङले आह्वान गर्यो कात्तिक १६ मा एजीएम

Nepal Cover
१७ आश्विन २०७८, आईतवार
image

साल्ट ट्रेडिङले आह्वान गर्यो कात्तिक १६ मा एजीएम

काठमाडौँ । लाभांश अनुमोदन गर्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले ५४ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७६–७७ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सभाले आर्थिक वर्ष २०७६–७७ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गतेबाट कात्तिक १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ कात्तिक १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

साल्ट ट्रेडिङले आह्वान गर्यो कात्तिक १६ मा एजीएम