प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन: उपलब्धि शत प्रतिशत

  Sampatti News

October 3, 2021

प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन: उपलब्धि शत प्रतिशत

प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति प्रा गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

प्रतिष्ठानले सो आवमा ८३ अध्ययन अनुसन्धान, अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको छ । त्यस्तै ५० राष्ट्रिय/अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका छन् ।

यसैगरी ग्रन्थ प्रकाशन ८१ वटा भएको छ । संस्थाले १२ पत्रिकाका २१ अङ्क पनि सो अवधिमा प्रकाशन गरेको छ ।

यस्तै नेपाली बृहत् कोषको मोबाइल एप निर्माण र सो शब्दकोषलगायत मातृभाषाहरुका शब्दकोषको एकीकृत डाटाबेस पनि निर्माण भएको सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

“कोभिड– १९ पछि सिर्जित बन्दाबन्दीजस्ता प्रतिकूलता भए पनि हामीले शत्प्रतिशत उपलब्धि हासिल गरेका छौँ”, उहाँले भन्नुभयो ।

समारोहमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य पनि सहभागी हुनुहुन्थ्यो ।

प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन: उपलब्धि शत प्रतिशत

प्रकाशित मिति:October 3, 2021