डडेल्धुरामा देउवा पक्षको हस्तक्षेपले कांग्रेस भेलामा झडप

Nepal Cover
१७ आश्विन २०७८, आईतवार
image

धनगढी– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार दिउसो कांग्रेसकै दुई पक्षबीच झडप भएको छ।

झडपमा परी ६ जना घाइते भएको प्रहरीले जनकारी दिएको छ।

डडेल्धुरामा आयोजित कांग्रेसको भेलामा देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको जिल्ला सभापति कर्ण मल्ल पक्षले बताएका छन् ।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी भएको भेलामा झडप भएको हो।

झडपपछि पनि कार्यक्रम भने जारी रहेको छ । जिल्ला सभापति कर्ण मल्ल समूहले विरोध जनाए पनि वडा अधिवेशन र पालिका अधिवेशन भएपछि जिल्लामा कांग्रेसको विवाद बढ्दै गएको हो।

मल्ल समूहले नै आमसभा आयोजना गरेको हो । उनीहरुले अधिवेशन फेरि हुनुपर्ने माग गरेका छन्।