गठबन्धनमा मन्त्रालय बाँडफाँडमा सहमति : छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँने

  Sampatti News

October 5, 2021

काठमाडौं-सत्तागठबन्धनमा रहेका पाँच दली बिच मन्त्रालय बाँडफाँडको बिषयमा सहमति भएको छ।

आज बालुवाटारमा दुईपटक सम्म चलेको शीर्ष नेताहरूको गहन छलफलमा मन्त्रालय बाँडफाँडको बिषयको अन्तिम टुंगो लागेको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलले मन्त्रालयको भागबण्डा मिलाएको बताएका छन्।

कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय लिने , माओवादी र नेकपा समाजवादीले ५-५ मन्त्रालय पाउने भएका छन्। त्यस्तै जसपाले पनि ५ वटा मन्त्रालय पाउने भएको छ ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।

‘शीर्ष नेताहरूबीच मन्त्रालयबारे भने सहमति भइरहेको जनाइएको छ । आज सहमती जुट्ने सम्भाबना लगभग पक्का भएकाले अब छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँने बताइएको छ ।

कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय, एकीकृत (समाजवादी)ले रक्षा, पर्यटन तथा नागरिक, उद्योग बाणिज्य आपूर्ति, शहरी विकास र युवा तथा खेलकुद लिने भएको छ भने जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, संघीय मामिला, वन र श्रम मन्त्रालय पाउने सहमति बनेको छ।

गठबन्धनमा रहेका सबैको नेताहरूबीच शक्तिशाली र स्रोत बढी परिचालन गर्न पाउने मन्त्रालयमा दाबी रहेपछि कुरा मिल्न सकेको थिएन। यस बिचमा नेपाली कांग्रेस र माओवादीका तर्फबाट मात्र मन्त्री भएका थिए।

प्रकाशित मिति:October 5, 2021