प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य बन्दै

  Sampatti News

March 13, 2020

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिती सामान्य बन्दै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलेले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको जनाएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्तीअनुसार ओलीको मिर्गौला प्रत्यारोपण पछि गरिने नियमित परीक्षणहरुलाई भने निरन्तरता दिइएको छ । प्रधानमनत्रीको स्वास्थ्य परीक्षणका सबै नतिजाहरु सुधारोन्मुख रहेको पनि अस्पतालले जनाएको छ ।

भाइटल र ल्याबका सूचकहरु राम्रो अवस्थामा रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति:March 13, 2020