नेता भानुभक्त जोशी एमालेबाट एकीकृत समाजवादीमा प्रवेश

  Sampatti News

October 7, 2021

नेता भानुभक्त जोशी एमालेबाट एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं –नेकपा एमालेका नेताले नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका छन् ।

नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन् ।

एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेर नेता जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए ।

जोशीले पार्टी प्रवेश कार्यक्रममा इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने बताएका छन् ।

नेता भानुभक्त जोशी एमालेबाट एकीकृत समाजवादीमा प्रवेश

प्रकाशित मिति:October 7, 2021