एमाले पार्टी भन्दा बढी एकल स्वामीत्वको कम्पनी: माधव नेपाल

  Sampatti News

October 7, 2021

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

अध्यक्ष नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको र एमाले पार्टी भन्दा बढी एकल स्वामीत्वको कम्पनी जस्तो भएको टिप्पणी गरेका छन् । ।

बिहीबार एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै नेता नेपालले केपी ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको र अब औपचारिक दिन हेर्नमात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।

नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए ।

उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको धारणा राखे ।

प्रकाशित मिति:October 7, 2021