बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक

  Sampatti News

October 7, 2021

काठमाडौँ-बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।

सरकार गठनका विषयमा छलफल गर्न बिहीबार दिउँसो १ बजेबाट सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक शुरु भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

बैठकमा भागबण्डा अनुसार दलहरुले पाउने मन्त्रालयलाई पनि बैठकले अन्तिम रुप दिने बताइएको छ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
यसअघि मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भएर मोटामोटी सहमति भएको थियो ।

प्रकाशित मिति:October 7, 2021