आज दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै

Nepal Cover
२२ आश्विन २०७८, शुक्रबार
image

आज दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं-आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी नेपालीहरुको महान चाड बडादशैंको दोस्रो दिन मनाइँदै छ।

बडादशैं अथार्त नवरात्रीको दोस्रो दिन देवी दुर्गाको स्वरुपमध्ये ब्रह्मचारिणी देवीको पूजा आराधना गरिन्छ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।

यसअघि हिजो घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको थियो । देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा गर्ने गरिन्छ।

महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजा गर्ने हिन्दु पराम्परा रहेको छ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ।

आज दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै