सरकारले आफ्नो काममा गति पक्रन सकेन: गगन थापा

  Sampatti News

October 22, 2021

सरकारले आफ्नो काममा गति पक्रन सकेन: गगन थापा

काठमाडौं-सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको जनाएका छन् ।

सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाउदै पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको बताएका हुन् ।

उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ ।

फेरी हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ ।’ उनले भने, ‘यो बेला सम्हालिनु पर्नेछ। हाम्रा अगाडी केही मौकाहरु अहिले पनि छन्।’

कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाडी ल्याउन ढिलाई गर्न नहुने बताए।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह पनि गरे।

सरकारले आफ्नो काममा गति पक्रन सकेन: गगन थापा

प्रकाशित मिति:October 22, 2021