मदन भण्डारी हत्याको प्रमाण केपी ओलीले लुकाएको खुलासा

  Sampatti News

October 23, 2021

झापा – मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुकाएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले खुलासा गरेका छन्।

नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको बताउदै प्रमाण ओलीले लुकाएको बताएका छन् ।

उनले केपी ओलीले मदन भण्डारीको हत्याको प्रमाण लुकाएको र प्रतिवेदन सार्वजनिक नगरेको खुलासा गरेका छन्।

झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुराकाे खुलासा गरेका हुन् ।

आफूलाई मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ भन्ने केपी ओलीले आफू दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदासमेत हत्याराको खोजी नगर्नुले ओलीले प्रमाण नियाेजित रूपमा लुकाएकाे बताएका छन् ।

खतिवडाले नेकपा एमालेले अहिले मदन भण्डारीको नाममात्रै बेचिरहेको समेत बताए । उनले एमालेले कम्युनिष्ट चरित्र गुमाउँदै गएको र राष्ट्र तथा राष्ट्रियतालाई सत्तासँग सौदाबाजी गर्दै गएकोले एमालेमा बसेर सच्चा कम्युनिष्ट हुन नसक्ने ठहर गर्दै आफूहरू अलग भएको जिकिर गरेका छन्।

प्रकाशित मिति:October 23, 2021