बार पदाधिकारीको प्रधानन्यायाधीशसँग छलफल

  Sampatti News

October 24, 2021

काठमाडौँ-आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल बार एसोसिएसनका पदाधिकारीले भेटेर छलफल गरेको छ ।

बारकी उपाध्यक्ष रक्षा बस्यालले अनुसार आइतबार बिहान ११ बजे आफूहरूले प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्न लागेको बताएकी छन् ।

बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकले प्रधानन्यायाधीश जबरालाई भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।

कात्तिक ५ गतेको निर्णयबमोजिम भेटघाट हुन लागेको बताइएको छ ।

न्यायपालिका प्रमुख प्रधानन्यायाधीश जबराले कार्यकारी कार्यपालिकासँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्‌मा भागबन्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको सुनुवाइ अनिश्चित बनाएको जस्ता विवादास्पद क्रियाकलापका बारेका छलफल ह्न लागेको बताइएको छ ।

यिनै बिषयलाई लिएर पुर्वप्रधानन्यायाधीसको समुहले जबराको राजिनामा माग गरेको छ ।

आजको छलफलपछी नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीसको पछिल्लो बिवादवारे आफ्नो आधिकारिक धारणा दिने बताईएको छ ।

प्रकाशित मिति:October 24, 2021