प्रदेश प्रमुखकाे आह्वान सँगै ५९ सांसदको समर्थनमा नेता पाण्डेकाे मुख्यमन्त्रीमा दाबी

  Sampatti News

October 28, 2021

काठमाडौं-बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले हस्ताक्षरसहितको दाबी गर्न आह्वान गरेसँगै नेकपा(एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

उनले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

पाण्डेले बुधबार नै कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।

बागमती बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ । हाल कायम कूल १०९ सांसदमा गठबन्धनबाट माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद छन् ।

प्रकाशित मिति:October 28, 2021