आक्रामक रुपमा देखिए चोलेन्द्र श्रीमान‍्: आफ्नै एकल इजलासमा ३० मुद्दा !

  Sampatti News

October 28, 2021

काठमाडौँ-सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आक्रामक रुपमा देखिएका छन् ।

बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् ।

बिहीबार भने उनले ३० वटा मुद्दाको भारी एक्लै बोकेर न्यायलय आफु एक्लैले हाक्न सक्ने गरि अगाडि बढेका छन् ।

सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गर्दा प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका छन् ।

अन्य न्यायाधीशहरूले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौ भने महाभियोग लगाएर हटाउ भन्दै चुनौती दिइरहेका छन् ।

बिहीबार प्रधानन्यायाधीश जबराले ३० वटा मुद्दाको भारी एक्लै बोकेर देखाईदिन खोजेका छन् । ।

सर्वोच्चमा प्रधानन्यायाधीश जबराविरुद्ध उत्रिएका न्यायाधीशहरूले भने समय कटाउनकै लागि भएपनि बिहीबार पनि साढे ११ बजेका लागि बैठक राखेका छन् ।

उनीहरुले प्रधानन्यायाधीशले तोकेका पेसी बहिष्कार गर्नकै लागि बैठक राखेको एक न्यायाधीशले रातोपाटीलाई बताए । अन्य न्यायाधीशहरूले गत आइतबारदेखि कुनैपनि मुद्दाको सुनुवाई गरेका छैनन् ।

प्रकाशित मिति:October 28, 2021