एमालेको ढोकामा रोई कराइ बसेका १० नेता हुतिहारा: अध्यक्ष नेपाल

  Sampatti News

November 15, 2021

एमालेको ढोकामा रोई कराइ बसेका १० नेता हुतिहारा: अध्यक्ष नेपाल

काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका दोस्रो तहका नेताहरुलाई आँट नभएका हुतिहाराको संज्ञा दिएका छन् ।

अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभामा सम्बोधनको क्रममा नेता नेपालले एमालेबाट विद्रोह गर्ने बेलामा आँट नभएकाहरूले मात्रै आफूलाई साथ नदिएको टिप्पणी गरेका हुन्।

उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्‍याउनको लागि एमालेबाट विद्रोह गरेको समेत बताएका छन् ।

विद्रोहको ठाउमा संघर्ष गरेको भए हुन्थ्यो भन्ने कुरा समेत आउँने गरेको बताउने उनले निस्सासिएर बस्‍नुपर्ने अवस्थामा संघर्ष भन्दा विद्रोह आफुले उपयुक्त ठानेको उनले बताए ।

पार्टी विभाजनको क्रममा आफ्नो साथ छाडेका १० नेतालाई नेता नेपालले आँट नभएकै कारणले बन्द ढोकाबाहिर रोइकराइ गरिरहेको भन्दै कटाक्ष गरेका छन्।

अध्यक्ष नेपालले एमालेमा हामीलाई ढोका बन्द गरिएको बताउदै प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने कि त नयाँ संघर्ष गर्नुपर्ने बताए।

नेता नेपालले आफु बिद्रोह गरी नयाँ संघर्ष गर्ने तर्फ अग्रसर भएको र अहिले आँट नभएकाहरू त्यही ढोकाबाहिर रोएर कराएर बसिरहेको बताएका छन्।

पार्टीबाट विद्रोह गरेर आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाएर नयाँ सोचका साथ पार्टी अगाडि बढेको भनाइ नेता नेपालको रहेको थियो ।

अब नेकपा एमालेको अखिल नेपाल किसान महासंघको अवशेष मात्रै बाँकी रहेको उनले दाबी गरे ।

अध्यक्ष नेपालले पाँचदलीय मोर्चाले संविधान र लोकतन्त्रको रक्षा गरेको दाबी गरे।

जनताको चाहना र मागलाई माथि उठाउन सके मात्रै लोकप्रिय पार्टी बन्न सक्ने उनको भनाइ रहेको छ ।

पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाइँ लडिरहेको पनि उहाँले बताउनुभयो ।

एमालेको ढोकामा रोई कराइ बसेका १० नेता हुतिहारा: अध्यक्ष नेपाल

प्रकाशित मिति:November 15, 2021