साझा बसमा तोडफोड

  Sampatti News

November 16, 2021

काठमाडौँ-बन्दमा बस चलाएको भन्दै ललितपुरमा साझा यातायातको बसमा तोडफोड भएको छ ।

बन्दकर्ताले मंगलबार बिहान ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै बा ५ ख ८७५५ नम्बरको बसमा तोडफोड गरेका हुन् ।

रानीपोखरीका प्रवक्ता सुशील सिंह राठौरका अनुसार बन्दमा बस चलाएको भन्दै बन्दकर्ताले ढुंगामुढा गर्दा साझा बसमा सामान्य क्षति पुगेको महानगरीय प्रहरी कार्यालयले जानाएको छ ।

प्रहरीले बिहान जबरजस्ती बन्द गराउँदै हिँड्ने २१ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ भने थप १ जनालाई ललितपुरबाट पक्राउ गरेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, मौलाउँदो भ्रष्टाचारलगायतका विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।

प्रकाशित मिति:November 16, 2021