चार न्यायाधीश नियमित इजलासमा फर्किए: बाकी छलफलमा

  Sampatti News

November 16, 2021

चार न्यायाधीश नियमित इजलासमा फर्किए: बाकी छलफलमा

काठमाडौँ-सर्वोच्च अदालतका अन्दोलनरत न्यायाधीश मध्य चार जना न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।

यसै बिच अन्दोलनरत न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल सुरु भएको छ ।

प्रधानन्यायाधीशको पक्षमा रहेका भनिएका ४ न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।

उनीहरु यस अघि प्रधानन्यायाधीशको विपक्षमा देखिएपनि पछिल्लो समय कित्ता परिवर्तन गरेर इजलासमा फर्किएका छन् ।

चार न्यायाधीश नियमित इजलासमा फर्किए: बाकी छलफलमा

प्रकाशित मिति:November 16, 2021