नेपालमा टेलिभिजन खोल्दै बाबा रामदेव

  Sampatti News

November 17, 2021

नेपालमा टेलिभिजन खोल्दै बाबा रामदेव

काठमाडौँ-भारतीय योग गुरु बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने भएका छन् ।

नेपाल टिभी सेटेलाइटबाट रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो ।

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

यस्तै योगपीठले स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गर्ने भएको छ ।

कार्डसहित टेलिभिजनको उद्घाटन शुक्रबार पतञ्जलीको कार्यालय बालुवाटारमा ९नोभेम्बर १९० गर्ने तय भएको छ ।

उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुनेछ भने सो क्रममा स्वामी रामदेवसहित, आचार्य बालकृष्णभारतीय मन्त्री नितिन गडकरीको पनि सहभागिता हुनेछ ।

नेपालमा टेलिभिजन खोल्दै बाबा रामदेव

प्रकाशित मिति:November 17, 2021