November 17, 2021
प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
विराटनगर-बुधबारको प्रदेशसभा बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् ।
बुधबारको भएको मतदानमा राईले आफ्नो पक्षमा ५० मत पाएका हुन् ।
बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा उनको विपक्षमा २९ मत र दुवै पक्षमा मत दिन्नँ भन्ने तटस्थमा शून्य मत परेको थियो ।
मतदानमा ७९ सदस्यहरू सहभागी भएका थिए ।
कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहेको भए पनि नेपाल बन्दको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो।
९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद छन् ।
जसमध्ये १ जना सभामुख छन् भने एकजना फरार छन् ।
त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एकजना सांसद छन्।
प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
प्रकाशित मिति:November 17, 2021
April 23, 2025
April 23, 2025