पत्रकार ऐडीको निधन

  Sampatti News

November 21, 2021

हुम्लाको पत्रकार नन्द ऐडीको काठमाडौँको सुमेरुअस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा ऐडीको निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उहाँका श्रीमती बविता बुढाले बताउनुभयो ।

पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक हुनुहुन्थ्यो ।

उहाँकी २४ वर्षकी श्रीमती, दुई छोरी र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएका कारण उहाँको उपचारमा आर्थिक समस्या भइरहेको थियो ।

उहाँको निधनबाट हुम्ला जिल्लाले एक युवा पत्रकार गुमाएको छ । ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ फुचाका स्थायी बासिन्दा हुनुहुन्छ ।

प्रकाशित मिति:November 21, 2021