नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान

  Sampatti News

November 23, 2021

नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान

एजेन्सी-सिरियामा तैनाथ राष्ट्रसंघीय हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा सहभागी हुन १ सय ९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ ।

यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसंघको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो ।

राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भंग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियाररहित भएको सुनिश्चित गर्न तथा दुई देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न यूएनडीओएफ स्थापना गरेको हो ।

यूएनडीओएफको स्थापनाकालदेखि नै नेपाली सेनाले उक्त ‘मिसन’मा शान्ति सेनामा योगदान पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति:November 23, 2021