सोह्रखुट्टेको एउटा कपडा पसलमा आगलागी

  Sampatti News

December 3, 2021

सोह्रखुट्टेको एउटा कपडा पसलमा आगलागी

काठमाडौं-नयाँ बजारस्थित सोह्रखुट्टेको एउटा कपडा पसलमा आगलागी भएको छ ।

शुक्रबार दिउँसो कपडा पसलमा आगलागी सुरु भएको महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ ।

आगलागी अझैं नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरीका अनुसार अहिले ५-६ वटा दमकलबाट आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।

सोह्रखुट्टेको एउटा कपडा पसलमा आगलागी

प्रकाशित मिति:December 3, 2021