टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

  Sampatti News

December 5, 2021

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं-मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

काठमाडौंको थापाथलीमा टिप्परले स्कुटरलाई ठक्कर दिदा स्कृटर चालकको मृत्यु भएको हो ।

स्कुटरमा सवार एकजना घाइते छन्, उनको उपचार भइरहेको छ ।

स्कृटर चालक काभ्रेपलाञ्चोकको पनौती घर भएका १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२.ख ७३२७ नम्बरको मिनि टिप्परले आइतबार बिहान विपरित दिशातर्फबाट आएको बा.२४.प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

स्कुटर पछाडि सवार रहेका २२ वर्षीय आशिष हुमागाईं भने सख्त घाइते छन् । उनको नर्भिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:December 5, 2021