सुन काण्डमा विमानस्थलबाट प्रहरी जवान पक्राउ

  Sampatti News

December 5, 2021

सुन काण्डमा विमानस्थलबाट प्रहरी जवान पक्राउ

काठमाडौँ-प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत आफ्नै एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।

प्रहरी जवान राजेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी जवान लागूऔषध नियन्त्रण ब्युरोको तर्फबाट विमानस्थल शाखामा कार्यरत थिए ।

विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बताएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

सुन काण्डमा विमानस्थलबाट प्रहरी जवान पक्राउ

प्रकाशित मिति:December 5, 2021