१८ ज्येष्ठ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

सम्पत्ती न्यूज
२४ मंसिर २०७८, शुक्रबार
image

१८ ज्येष्ठ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

काठमाडौं-१८ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरिएको छ ।

निजामती प्रशासनका १८ जना उपसचिवलाई ज्येष्ठता र कार्यक्षमता मूल्याङकनका आधारमा बढुवा सिफारिस समितिले सिफारिस गरेको हो ।

आगामी मन्त्रिपरिषद्को बैठकले बढुवाको सिफारिस अनुमोदन गरि निर्णय गर्ने गरी बढुवा सिफारिस गरिएको सिफारिस समितिले जनाएको छ ।

बढुवा सिफारिस हुनेहरुमा पद्यनिधि सोती, रामलाल श्रेष्ठ, सूर्य प्रसाद सेढाई, कृष्णप्रसाद तिम्सिना, शिवनाथ पौडेल, हेमराज सुवेदी, रामहरी ज्ञवाली, नारायण प्रसाद शर्मा, चन्द्र कुमार श्रेष्ठ, हिरामणि शर्मा, उपेन्द्रबहादुर ढुंगाना, लालबाबु कवारी, ज्ञानेन्द्र प्रसाद ढकाल, अन्जन कुमार मिश्र, प्रेमराज गिरी, तुलसी बहादुर श्रेष्ठ, देवेन्द्र लामिछाने र टामलाल पाण्डे छन् ।

१८ ज्येष्ठ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस