युवाहरुले रोजगारी सृजना गर्नु समृद्धीको मार्गमा छलाङ्ग:मन्त्री झाँक्री

  Sampatti News

December 11, 2021

भक्तपुर-रोजगारीका लागी थुप्रै युवाहरु बिदेश पलायन हुने गरेका छन् । बिदेश गएर त्याहा सिकेको सिपले स्वदेशमै केही गरी स्वरोजगार बन्ने युवा भने निकै कम छन् ।

बैदेशिक रोजगारको क्रममा अस्ट्रेलिया, दुबई, मलेसिया, यूरोप, लण्डन लगायतका बिभिन्न देशमा होटल व्यवसायमा लामो समय अनुभव प्राप्त गरी पाँच जना युवाहरुको समूहले बिरयानी अङ्डा सञ्चालनमा ल्याएको छ ।

उनीहरुले मध्यपुरथिमि नगरपालिका–२ मनोहरा किनारामा सञ्चालनमा ल्याएको बिरयानी अङ्डाको हिजो शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले उद्घाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले नेपालका युवाहरु उद्योग व्यवसायमा लाग्दै रोजगारीको अवसर सृजना गर्न थालेको बताउनु भएको छ ।

उहाँले युवाहरुले उद्योग व्यवसायमा लाग्दै रोजगारीको अवसर सृजना गर्न थालेसँगै देशले समृद्धीको मार्गमा छलाङ्ग मार्ने बताउनु भयो ।

उहाँले विदेशमा बसेर आएका युवाहरुले बिदेशमा सिकेको सिपले नेपालमै व्यवसाय शुरु गरेर रोजगारको सृजना गर्ने क्रम बढ्दै गएको समेत बताउनु भयो ।

मन्त्री झाँक्रीले विदेशमा बसेर फर्किएका नेपाली युवाहरुले व्यवसाय सञ्चालन गर्दा विदेशका अनुभव नेपालमा लगाउन पाउने, यसले आर्थिक बृद्धिदर बढ्ने, विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारको अवसर सृजना गर्ने र देशको आर्थिक विकासमा टेवा पुर्याउने बताउनु भयो ।

बिरयानी अङ्डाका सञ्चालक मध्य एक राजन खनालले भन्नुभयो, “लण्डन र दुबईमा २० वर्ष मैले होटल म्यानेमेन्टमा गरेको अनुभव र अरु साथीहरु पनि विदेशमै लामो समय रहदाँ गरेको होटलको अनुभवलाई अब नेपालमै लगाएका छौ, बालुवाटारबा शुरु भएको बिरयानी अड्डालाई कलंकी र आज सानोठिमी मनोहरामा सञ्चालनमा ल्याएका छौ, उपत्यकामा आठवटा र उपत्यका बाहिर १६ वटा गरि २५ करोडको लागतमा २३ वटा अड्डा सञ्चालन गर्ने तयारी गरेका छौ ।”

कोरोना भाइरसको महामारीलाई अवसरको रुपमा परिणत गर्दै लकडाउनको बेलामा होम डेलिभरीको रुपमा व्यवसाय सञ्चालन गरेको बताउदै उहाँले भन्नुभयो, “संकटको बेलामा हामी आत्तिएनौ, बरु त्यसलाई अबसरको रुपमा लिनु पर्छ भनेर बालुवाटारबाट होम सर्भिस शुरु गर्यौँ, काठमाडौंँ कोरोनाले सुतिरहदाँ हामी कुदिरहयौँ, त्यसैको सफलताले थप उर्जा मिलेको छ ।”

सञ्चालक अमृत राउतले अहिले प्रतक्ष्य रुपमा तीन ठाउँमा गरेर १०० जना युवा जनशक्तिलाई रोजगारी दिएको बताउदै अब आफ्नै देशमा रोजगारीको सृजना गर्दै आर्थिक सुधार ल्याउने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासघका सचिब गोबिन्दप्रसाद चौलागाईं भक्तपुरका अध्यक्ष जगत प्रजापति कलाकार दिपकराज गिरि बरिष्ठ पत्रकार रमेश गिरि लगायत दर्जनौं प्रतिष्ठित ब्याक्तित्वहरु युवा व्यावसायिहरुलाइ उत्साहित गराइदिन सहभागिता जनाउनु भएको थियो ।

भक्तपुर सानोठिमी मनोहरामा बिरयानी अड्डा तीन करोडको लागतमा सञ्चालनमा आएको हो ।

प्रकाशित मिति:December 11, 2021