कल्याण गुरुङद्वारा केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता

  Sampatti News

December 11, 2021

कल्याण गुरुङद्वारा केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता

काठमाडौं-नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएसँगै कल्याण गुरुङले केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत अहिलेसम्म विभिन्‍न पदमा गरी १६ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु गरिएको छ ।

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ।

निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ ।

आइतबार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। २० स्थानबाट उम्मेदवारी मनोनयन गर्न सकिने व्यवस्था गरिएको छ।

शुक्रबार एक भव्य समारोहका बीच कांग्रेसको महाधिवेशन उद्घाटन भएको थियो ।

कल्याण गुरुङद्वारा केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता

प्रकाशित मिति:December 11, 2021