सभापतिको दौडबाट बाहिरिए रामचन्द्र

  Sampatti News

December 11, 2021

सभापतिको दौडबाट बाहिरिए रामचन्द्र

काठमाडौं-कांग्रेस सभापतिको दौडमा रहेका नेता रामचन्द्र पौडेल सभापतिको दौडबाट बाहिरिएका छन् ।

शनिबार बिहान कांग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन् ।

संस्थापन इत्तरबाट कसैले अडान नछाडेपछि पौडेल सभापतिको दौडबाट बाहिरिएका हुन् ।

पौडेल निवासमा छलफलका लागी मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरु पुगेका थिए ।

छलफलमा रामचन्द्र पौडेलले सभापतिको उम्मेद्वारी नदिने बताएको बुझिएको छ ।

रामचन्द्र पौडेलले अब कसलाई समर्थन गर्ने भन्नेबारेमा बेलुकासम्म टुंगो लाग्ने बताईएको छ ।

सभापतिकै उम्मेदवार तय गर्न नसकेको संस्थापनइतर पक्षले सहमतीको प्रयास भने जारी राखेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको इतर समूह निरन्तर छलफलमा रहेको अबस्थामा अर्कानेता प्रकाशमान सिंहलाई सभापतीको दौडमा सुजाता कोइरालाले साथ दिएकी छिन् ।

नेता प्रकाशमान सिंह र शेखर कोइरालाका बीचमा सहमति जुट्न नसकेको कारण संस्थापनइतर पक्षले साझा उमेद्वारी घोषर्णा गर्न नसकेको जनाएको छ ।

नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले लचिलो बन्ने संकेत गर्दौ सहमति जुटे सभापतिको उम्मेदवारमा आफूहरूले बल नगर्ने बताईसकेका छन् ।

सुरुमा पौडेलले सर्वसम्मत रुपमा आफूलाई उम्मेद्वारी बनाउन आग्रह गर्दै आएका थिए ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशनमा शेरबहादुर देउवा र कृष्ण सिटौलापक्ष एक भएका थिए।

महाधिवेशनमा पनि उनीहरुबिच गठजोड गरेर जाने सहमति भएको छ।

महाधिवेशनको उद्घाटन सत्र सकिएर बन्दसत्र सुरु हुँदा समेत कांग्रेसका दुवै पक्षले ‘प्यानल’ बनाउन सकेका छैनन्।

सभापति शेरबहादुर देउवा पक्ष (संस्थापन)ले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको टुंगो लगाउन सकेको छैन।

कांग्रेस विधानमा सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १र१ महिलासहित २१ जना आउने छन्।

कांग्रेसको विधानमा उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन।

सभापतिको दौडबाट बाहिरिए रामचन्द्र

प्रकाशित मिति:December 11, 2021